२०८२ साउन १३ गते मङ्गलवार / Jul 29 , 2025 , Tuesday
२०८२ साउन १३ गते मङ्गलवार
Ads

ब्लोदानले मनायो विश्व रक्तदाता दिवस

shivam cement
मध्यान्ह
२०८१ असार २ गते १२:१७
ब्लोदानले मनायो विश्व रक्तदाता दिवस

काठमाडौं : ‘रक्तदान उत्सवको दुई दशक, सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद’ नाराका साथ विश्व स्वास्थ्य संगठनले आह्वान गरेअनुरुप शुक्रबार संसारभर नै विश्व रक्तदाता दिवस २०२४ भव्यरुपले सम्पन्न भएको छ । सोही अवसरमा ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान)ले पनि सप्ताहप्यापी कार्यक्रम गरेर विश्व रक्तदाता दिवस मनाएको छ ।

ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिको सभापतित्वमा र ब्लोदानका संरक्षक एवम् वरिष्ठ सञ्चार उद्यमी भाष्करराज राजकर्णिकारको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमका अतिथिहरुमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष प्रा.डा. सुदर्शन प्रसाद नेपाल, विशेष अतिथि ब्लोदानका संस्थापक तथा वरिष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठ, अतिथि तथा जनस्वास्थ्य कार्यालय काठमाडौंका डा. अर्जुन प्रसाद सापकोटा, पूर्वप्रदेश सांसद नरोत्तम बैद्यलगायत ब्लोदानका वरिष्ठ सल्लाहकारहरु, सल्लाहकारहरु, विभिन्न ब्लड बैंकका प्रमुखहरु, सहयोगी संस्थाका प्रमुखहरु थिए । साथै कार्यक्रममा ब्लोदानका विभिन्न तहका पदाधिकारीहरुलगायत रक्तदाताहरु र रक्तदान गर्ने संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

विश्व स्वास्थ्य संगठनले आह्वान गरेअनुरुप ब्लोदानले सन् २००४ देखि नै साप्ताहिक कार्यक्रम गर्दै यो दिवस मनाउँदै आएको छ । यसैअनुरुप ब्लोदानले यस वर्ष पनि विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै जेठ २६ गते साइकल र्‍याली, २७ गते हस्पिटलका प्रतिनितिहरुबीच अन्तक्रिया तथा २८ गते विद्यालयस्तरीय चित्रकला प्रतियोगिता तथा महिला अन्तरक्रिया, २९ गते विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, ३० गते बुधबार रक्तदान कार्यक्रम र ३२ गते अर्थात १४ जुनका दिन काठमाडौंको नेपा बैंक्वेटमा एक समारोह गरी सम्पूर्ण रक्तदान गर्ने संघसंस्थाहरु र रक्तदाताहरुलाई धन्यवाद दिने कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा रक्तदाता अभिवृद्धि गर्न उत्प्रेरणा जगाउन विभिन्न विधाअन्तर्गतका १२ वटा रनिङ शिल्ड वितरण गरिएको थियो भने विभिन्न २९ जना रक्तदाताहरुलाई पटकको आधारमा सिल्भर, गोल्डेन तथा डायमण्ड पीनले सम्मान गरिएको थियो । त्यसैगरी ब्लोदानको आह्वानमा रक्तदान गरेका संस्थाहरुलाई तथा ब्लड फण्डमा सहयोग गर्नेलाई पनि सम्मान गरिएको थियो ।

ब्लोदानका उपाध्यक्ष राजेश श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिले कार्यक्रमबारे जानकारी गराउँदै रक्तदान जस्ता महत्वपूर्ण कार्यमा सबैलाई सहकार्य गर्न आह्वान गरे । ब्लोदानका संस्थापक तथा वरिष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठले ब्लोदानले विगत लामो समयदेखि रक्तदानमा गरेको योगदानको चर्चा गरिन् । यस्तै पूर्वप्रदेश सांसद नरोत्तम बैद्यले रक्तदान अभियान सफल पार्न सबै क्षेत्रको सहकार्य अपरिहार्य भएको बताए ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष प्रा. डा. सुदर्शन प्रसाद नेपालले ब्लोदानले विगत लामो समयदेखि गर्दै आएको स्वयंसेवी रक्तदान अभियानको प्रशंसा गरे । प्रमुख अतिथिको मन्तव्य राख्दै ब्लोदानका संरक्षक एवम् वरिष्ठ सञ्चार उद्यमी भाष्करराज राजकर्णिकारले ब्लोदानको कार्यको प्रशंसा गर्दै अझ सबै क्षेत्रसँग सहकार्य गरी बढी भन्दा बढी स्वस्फूर्त रक्तदान गराउने वातावरण बनाउनुपर्ने तथा युवाहरुमा बढी भन्दा बढी रक्तदानसम्बन्धी उत्प्रेरणाका कार्यक्रमहरु लैजानुपर्ने धारणा राखे । ब्लोदानका महासचिव केशब महर्जनले कार्यक्रम सञ्चालन गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise