बैतडी : संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडीको ७ दिने भ्रमण सकेर बुधबार राजधानी फर्किएका छन् । जिल्लामा रहदाँ मतदाता सँगको भेटघाट र विभिन्न कार्यक्रमहरुमा सहभागी भएका मन्त्री भण्डारीले जिल्लाबासीको निराशा हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले चुनावताका आफ्नो घोषणापत्रमा लेखिएका कुराहरु क्रमशः कार्यान्वयन गरिरहेको बताए । रोजगारी श्रृजना गर्नका लागि स्थानीय श्रोत साधनको उपयोग बढाउनुपर्नेमा उनको जोड रहेको छ ।
जिल्लाको मेलौली, पुर्चौडी, दोगडाकेदार, दशरथचन्द र पाटन नगरपालिकामा आयोजीत छुट्टाछुट्टै कार्यक्रहरुमा सहभागी भएका मन्त्री भण्डारीले बैतडीमा रहेका सम्भावनाहरुलाई उजागर गरि त्यसको व्यवस्थापनमा लागिरहेको बताए । जिल्ला स्थीत विभिन्न खानी, खनिज, जडीबुटि प्रसोधन तथा व्यवस्थापनमा ध्यान केन्द्रीत गरेको उनको भनाई छ ।
उनले फस्फोराइड खानी, फलाम खानी, सिलेट खानी आदिलाई व्यवस्थीत गरि बैतडीको सिलेट राजधानी काठमाण्डौँ पु¥याउने प्रतिवद्धता व्यक्त गरे । अहिले यी खानीहरु भएको ठाउँमा सडक पु¥याउन समेत केही अवरोध श्रृजना भएको देखिन्छ सबै सरोकारवाला मिलेर समाधान गर्नुपर्ने उनको भनाई छ । रोजगारीको सम्भावना भएका क्षेत्रमा विकास निर्माण गर्ने वातावरण बनाउन सरोकारवालाहरुलाई आग्रह गरे । मन्त्री भण्डारीले आफ्नो आँखा अगाडीको रोजगारी चिन्न नसक्नु र त्यसको उपयोग गर्न नसक्नु स्वंयमको कमजोरी हुने बताए ।
उनले सरकारी बजेटमा स्थापीत योजनाहरुको पुर्ण उपयोग नभएको बताए । “हाम्रो सिरानीबाट चिहानसम्म पानी बगेको छ तर सिचाईको अभावमा खेत बाँझो राखेका छौँ, ठाउँठाउँमा सडक पुगेपनि व्यवस्थीत नभएकाले हाम्रा उत्पादनले बजार पाउन मुस्कील छ । सडक सुबिधा भएका ठाउँमा समेत कृषि उपजहरु उत्पादन गरि बिक्रि गर्ने परिपाटी छैन्, जहाँ जे सम्भावना छ त्यसको उपयोग आफैले गर्नुपर्छ र सरकारी स्तरबाट आवश्यक योजनाको माग गर्नुपर्छ । सडक, सिंचाई, विद्युत, खानेपानी लगायतका पूर्वाधारहरु निर्माण गर्न सरकार लागिपरेको छ ।” उनले भने,। वर्तमान सरकारले व्याक्तिवादी योजनाहरु नबनाउने उनको दावी छ ।
मन्त्री भण्डारीले अल्लोको लोक्ता प्रसोधन स्थानिय स्तरमै गर्नुपर्ने र त्यसको पुर्वाधार खडा गर्ने प्रतिवद्धता व्यक्त गरे । यसका साथै जडिबुटि संकलन, प्रसोधन, प्याकेजिङ, ब्राण्डीङ गर्ने र लघु उद्यम मार्फत रोजगारी श्रृजना गर्ने बताए । सामान्य व्याजदरको स्टार्टप कर्जा कार्यक्रम मार्फत रोजगारी श्रृजना भैरहेको उनको भनाई छ ।
स्थानीय स्तरमा उपलब्ध श्रोत साधनलाई उपयोग गरि रोजगारी श्रृजना गर्नमा आफुले ध्यान केन्द्रीत गरेको मन्त्री भण्डारीको भनाई छ । चालु आर्थिक बर्षमा नपरेका तर अत्यावश्यक योजनाहरु आगामी बर्षमा पर्ने उनले बताए ।
मन्त्री भण्डारीले हरेक पटक ओरालो लागेको अर्थतन्त्रलाई नेकपा(एमाले) नेतृत्वको सरकारले लयमा फर्काउने गरेकाले वर्तमान समयको आर्थिक संकुचन हटाउने प्रतिवद्धता व्यक्त गरे ।
वर्तमान सरकारले सबै सरकारी क्षेत्रमा शुसासन कायम गर्ने बताए । बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सांसद समेत रहेका मन्त्री भण्डारीले बैतडीलाई सिरमा राखेर काम गर्ने बताए ।