२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

कृषि विकास सहकारी ठगी : बचतकर्ताको ९४ करोड ठगी गरेको आरोपमा चार जना पक्राउ

ADV
मध्यान्ह
२०८१ असार २ गते १३:०४
कृषि विकास सहकारी ठगी : बचतकर्ताको ९४ करोड ठगी गरेको आरोपमा चार जना पक्राउ

काठमाडौं : कृषि विकास बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले संस्थाका अध्यक्ष तेजविक्रम थापासहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा थापासहित सहकारीकी व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मलेन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो ।

५६६ जना बचतकर्ताको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । २ अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीमा ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरूको साथबाट मोबाइल, पेन ड्राइभ, केही चेक, गाडी र गोर्खा टीभीको परिचयपत्रलगायतका सामान बरामद गरेको छ ।

सहकारी अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेशमा यो सहकारी पनि समावेश छ ।

ADVADV

सम्बन्धित खबर

Advertise