२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

गोरखा सेवा समाज कतारले दशैं, तिहार मिलन कार्यक्रम गर्ने

ADV
सुरेश भट्ट आश्रिन
२०८१ कार्तिक १ गते १८:१४
गोरखा सेवा समाज कतारले दशैं, तिहार मिलन कार्यक्रम गर्ने

कतार : गोरखा सेवा समाज कतारले दशैं, तिहार मिलन कार्यक्रम गर्ने भएको छ ।  समाजले कतारको दोहाबाट झन्डै ७० किलोमीटर पर दुखान समुन्द्री तटमा दशैं, तिहार मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो । 

समाजका अध्यक्ष ओमराज गुरुङका अनुसार १८अक्टाेवर शुक्रवारका दिन दोहा सदरमुकामबाट पर दुखान सामुन्द्रिक तटमा समाजले विगतमाझैं शुभकामना कार्यक्रम गर्ने भएको हो ।  

संस्थाका संरक्षक तथा समाजसेवी श्रीकृष्ण भट्टराईले सम्पूर्ण गोर्खाली तथा गैर गोर्खालीहरुलाई उक्त शुभकामना कार्यक्रममा उपस्थितका लागि आह्वान गरेका छन् ।

भेटघाट तथा शुभकामना कार्यक्रमले कतारमा रहेका गोर्खाली तथा गैर गोर्खालीहरुको बिचमा सद्भाव, सहकार्य, भाइचारा र मौलिक संस्कार संस्कृतिको जगेर्ना पनि हुने बुधवल गुरुङले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise