२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

प्रथम सुमन स्मृति भलिबल कपको उपाधि वडा नं. ३ लाई

ADV
कमल कुमाल
२०८१ कार्तिक १ गते २१:२०
प्रथम सुमन स्मृति भलिबल कपको उपाधि वडा नं. ३ लाई

कालीकोट : प्रथम सुमन स्मृति भलिबल कपको उपाधि वडा नं.३ ले हात पारेको छ । स्वास्थ्यका लागि ‘खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ रास्कोट नगरपालिकामा समाज सुधार यूवा क्लवले स्वर्गीय सुमन शाहीको सम्झनामा प्रतियोगिताको आयोजना गरेको हो ।

 खेल जीवनमा लागेर केही छैन भन्ने जस्ता नैराश्यतालाई मध्येनजर गर्दै स्वर्गीय शाहीको सम्झनामा प्रथम पटक सुमन स्मृति भलिबल कपको आयोजना गरिएको क्लबका अध्यक्ष प्रदिप शाहीले जानकारी दिए । शाहीका अनुसार यस अघि पनि थुप्रै कार्यक्रम सञ्चालन गर्दै आएको र यसलाई निरन्तरता दिने उनको भनाइ छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि काली बहादुर महताराले खेल क्षेत्रलाई जोगाई राख्नुका साथै खेल क्षेत्रलाई अगाडि बढाउनका लागि एकजुट भएर गर्नुपर्नेमा जोड दिए । 

साथै वडा नम्बर ५ का वडाध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि मन तिरुवाले खेल र खेलाडीहरुको जीवनस्तरलाई माथि उकास्नका लागि खेलक्षेत्र सँगसँगै व्यापार, लगायतका स्वरोगारको सिर्जना गर्नुपर्ने बताए । वडा नं.५ को खेल मैदानमा भएको खेलमा वडा नं.२ लाई पराजित गर्दै वडा नं.३ ले उपाधि हात पारेको हो । वडा नं.२ लाई सोझो सेटले पराजित गरेर वडा नं.३ ले प्रतियोगिताको विजेता बन्न सफल हो ।

प्रतियोगिताको विजेता वडा नं.३ ले १३ हजार २ सय रुपैयाँ नगद मेडल र प्रमाण पत्र पाएको छ भने उप–विजेता बनेको वडा नं.२ ले ६ हजार ६ सय मेडल र प्रमण पत्र प्राप्त गरेको छ । उक्त खेलमा १२ वटा टिमको सहभागीता रहेको थियो । 


 

ADVADV

सम्बन्धित खबर

Advertise