२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

राज्य व्यवस्था समितिमा एनजीओको खाजा, गृहमन्त्रीले बहिस्कार गरेपछि बैठक स्थगित

ADV
मध्यान्ह
२०८१ असार २ गते १३:३९
राज्य व्यवस्था समितिमा एनजीओको खाजा, गृहमन्त्रीले बहिस्कार गरेपछि बैठक स्थगित

काठमाडौं : प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । गैरसरकारी संस्था (एनजीओ)का कर्मचारी खाजासहित उपस्थित भएपछि समितिको बैठक स्थगित भएको हो ।

बिहान ८ बजेका लागि बोलाइएको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्ने एजेन्डा रहेको थियो ।

तर बैठकमा समयमै गृहमन्त्री रवि लामिछानेले बैठकमा ‘भीआईपी खाजा’ ल्याएको थाहा पाएपछि सोधखोज गरेका थिए ।

त्यसपछि एलएक्सपिटीडी भन्ने संस्थाले सो खाजा उपलब्ध गराएको खुलेपछि गृहमन्त्री लामिछानेले एनजीओको खाजा खाएर कानून बनाउने विषय उचित नरहेको बताए । आफू यस्तो छलफलमा नरहने भन्दै गृहमन्त्री लामिछाने बाहिरिए ।

गृहमन्त्री लामिछाने बाहिरिएपछि अरू सांसदहरूले पनि मन्त्री नै गएपछि अब छलफल अगाडि बढाउने कुरा नभएको भन्दै बैठक कक्षबाट बाहिरिएका थिए ।

लएक्सपिटीडी भन्ने संस्था जनसंख्या र विकाससम्बन्धी काम गर्ने संस्था हो ।

ADVADV

सम्बन्धित खबर

Advertise