२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

चितवनमा रगतको अभाव

Nada
२०८१ कार्तिक २ गते ११:३५
Shares
चितवनमा रगतको अभाव

चितवनः जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर्न दाताहरूलाई आग्रह गरेको छ ।

ncell

यहाँ दैनिक दुई सय युनिट रगतको माग हुने गरेको भए पनि अहिले रगत पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको सोसाइटीको चिवन शाखाका सभापति हरिप्रसाद पौडेलले बताए ।

चितवनमा रगत अभाव हुन नदिन कास्की, नवलपरासी, मकवानपुर, बारा, पर्सा, रौतहट सर्लाहीलगायत जिल्लाबाट रगत ल्याउने गरिएको भए पनि ती जिल्लामा समेत रगतको अभाव भएको उनले बताए । रगत अभावका कारण नियमित शल्यक्रियामा समेत समस्या हुने गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर