२०८१ मंसिर १२ गते बुधवार / Nov 27 , 2024 , Wednesday
२०८१ मंसिर १२ गते बुधवार

दाङमा सर्प महोत्सव हुँदै, देशभरका सर्प विशेषज्ञको सहभागिता रहने

ADV
मध्यान्ह
२०८१ कार्तिक २ गते १२:२१
दाङमा सर्प महोत्सव हुँदै, देशभरका सर्प विशेषज्ञको सहभागिता रहने

सागर सुबेदी/मध्यान्ह

दाङः दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने महोतसव संयोजक प्रभात भण्डारीले जानकारी दिए । 

महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका सर्प प्रदर्शनी र तीबारे जानकारी दिइने संस्थाका अध्यक्ष सन्दीप वलीले बताए । सर्पले टोक्दा के गर्ने, के नगर्ने तथा जिल्लामा सर्पको टोकाइको उपचारको अवस्था, प्राथमिक उपचारलगायतका विषयमा पनि सचेतना प्रदान गरिने अध्यक्ष उनले बताए । 

महोत्सवमा सर्प विज्ञको पनि सहभागिता रहनेछ । मानिसले सर्पलाई मार्ने क्रम बढेकाले सर्प लोप हुने अवस्थामा रहेको उल्लेख गर्दै उनले सर्प लोप हुँदा पर्यावरणमा असर पुग्ने बताए । सर्प संरक्षण अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । 

त्यस अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण र शान्तिनगर गाउँपालिकाका–२० हजारभन्दा बढीलाई सचेतना प्रदान गर्ने लक्ष्य राखिएको छ । महोत्सवमा सर्पसँगै अन्य वन्यजन्तुबारे पनि जानकारी दिइनेछ । दाङमा करिब १५ प्रजातिका सर्प रहेको अनुमान गरिएको छ । तीमध्ये  सात प्रजातिका सर्प विषालु भेटिएका छन् । 

कार्यक्रममा नेपाल भर तथा दाङ जिल्लामा पाइने विषालु र विष नभएका सर्पहरुको पोष्टर पनि वितरण गरिने छ । जसले गर्दा कार्यक्रम पश्चात घरमा गएर पनि सहभागीहरुले पोष्टर हेरि सर्प पहिचान गर्न सक्ने छन् । पछिल्लो समय मानव र वन्यजन्तुबीच बढेको द्धन्द्ध नियन्त्रण गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा जोड आयोजकको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise