२०८२ भदौ २५ गते बुधवार / Sep 10 , 2025 , Wednesday
२०८२ भदौ २५ गते बुधवार
Ads

सेवा रेमिटको अनुमतिपत्र खारेज

shivam cement
मध्यान्ह
२०८१ कार्तिक २ गते १४:०८
सेवा रेमिटको अनुमतिपत्र खारेज

काठमाडौंः नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन केन्द्रीय बैंकले जनाएको छ ।

बैंकले कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएकाले ३५ दिनभित्र जानकारी गराउन आग्रह गरिएको छ । सो म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुने व्योहोरा सूचनामा उल्लेख छ ।

ADV

सम्बन्धित खबर

Advertise