२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

पक्राउ पुर्जी जारीपछि रविकाे आक्रोश- ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

Nada
२०८१ कार्तिक २ गते १७:४७
Shares
पक्राउ पुर्जी जारीपछि रविकाे आक्रोश- ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामछिानेले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुकमा आक्रोश व्यक्त गरेका छन् । कास्की जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीपछि उनले स्टाटस लेख्दै सरकार मरेको र आफूहरूलाई जुठो परेको प्रतिक्रिया दिएका हुन्। 

ncell

उनले लेखेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ? तपाई  बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ?’ तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो  एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने ?तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने ?'

उनले यति गरेपछि भाटभटिनीको इस्यु मोड्न पाइने भनाइ पनि राखेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीप्रति उनको आक्रोश पाेख्दै उनले थपेका छन्' ‘प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईँले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो। वाचास्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नुभएको थियो।यो मलाई राम्रोसँग थाहा छ। तपाईँको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईँहरुका दलका नेता÷कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोही जेलमा छन् कोही फरार छन् ।तपाईँहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईँहरुबाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गछौं ।’

ताजा खबर

सम्बन्धित खबर