२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित राइनो गोल्ड कप शुरु

ADV
मध्यान्ह
२०८१ कार्तिक ३ गते १३:१८
सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित राइनो गोल्ड कप शुरु

नवलपरासी : दुर्लभ एकसिङ्गे गैँडासंरक्षणका लागि जनचेतना जगाउने ध्येयले नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को कोल्हुवामा सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सञ्चालन हुँदै छ । 

मध्यविन्दु नगरपालिका-२ कोल्हुवास्थित राइनो रङ्गशालामा आयोजना हुने सो प्रतियोगितामा ‘ए’ डिभिजनका तीन वटासहित भारतीय टिमका १२ क्लब सहभागी हुनेछन् । खेलकुदका माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्या-पर्यटनको वृद्धि गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नेलगायतका उद्देश्यले प्रतियोगिता आयोजना गरिएको राइनो क्लबका अध्यक्ष दोमन भण्डारीले बताए ।

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले उद्घाटन गर्ने प्रतियोगिताको उद्घाटन खेलमा हनामी क्लब र देशभक्त फुटबल क्लब भिड्ने छन् । भारतको मणिपुरबाट फुटबल क्लब आमन्त्रित रूपमा खेलमा सहभागी हुने राइनो क्लबका अध्यक्ष भण्डारीले जानकारी दिए ।  

यही कात्तिक १४ गतेसम्म हुने प्रतियोगिताको विजेताले उपाधिसहित रु आठ लाख पुरस्कार हात पार्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको अध्यक्ष भण्डारीले बताए। प्रतियोगिता विसं २०७० देखि सञ्चालन हुँदै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise