काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको भन्दै पार्टीका नेता–कार्यकर्ताहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले सरकारले राजनीतिक प्रतिशोधका लागि पक्राउ गरेको भन्दै विरोध जनाएका हुन् ।
शनिबार काठमाडौंको माइतीघरमा भेला भएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । माइतीघरबाट शुरु भएको विरोध र्याली बिजुलीबजार पुगेर पुनः माइतीघर फर्किएको थियो ।
उनीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध पनि नाराबाजी गरेका छन् । प्रतिशोधको राजनीति बन्द गर, नडराउ रवि दाइ जनता तिम्रो साथमा छ जस्ता नारा लगाएका थिए ।