२०८१ मंसिर ११ गते मङ्गलवार / Nov 26 , 2024 , Tuesday
२०८१ मंसिर ११ गते मङ्गलवार

सवारी चालकलाई सामाजिक सुरक्षामा जोड्न पहल गर्छौं : मन्त्री भण्डारी

ADV
मध्यान्ह
२०८१ कार्तिक ३ गते १६:१४
सवारी चालकलाई सामाजिक सुरक्षामा जोड्न पहल गर्छौं : मन्त्री भण्डारी

सुर्खेत : कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सरकारी तथा संस्थानमा कार्यरत सवारी चालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

शनिबार वीरेन्द्रनगरमा सरकारी तथा संस्थान सवारी चालक एशोसियसन कर्णाली प्रदेशको छैटौं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भण्डारीले सवारी चालकलाई कोषमा आबद्ध गराउन भूमिका खेल्ने बताए ।

सरकारी सवारी चलाउने चालकलाई राज्यले पर्याप्त सेवा सुविधा दिन नसकेको उल्लेख गर्दै मन्त्री भण्डारीले पाइरहेको सेवा सुविधालाई सकारात्मकरुपमा लिन आग्रह गरे । सरकारी सवारी साधनको सही सदुपयोग गर्ने महत्वपूर्ण जिम्मेवारी चालकको रहेको उल्लेख गर्दै उनले पदीय हैसियतले श्रेणीभन्दा पनि सेवा ठूलो रहेको बताए ।

अस्थायी चालकलाई स्थायी बनाउने विषयमा कानूनी उल्झन रहेको भन्दै मन्त्री भण्डारीले स्थायी बनाउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए । पछिल्लो समय मानिसहरुमा नकारात्मक भावहरु बढ्दा राम्रा पक्षहरु ओझेलमा परेको बताउँदै उनले समाजले सोच बदल्न आवश्यक रहेको उल्लेख गरे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise