पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट उनलाई अदालत लगिएको हो ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि लामिछानेलाई अदालत उपस्थित गराइएको हो ।
शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेलाई सोही दिनको राति नै पोखरा ल्याइएको थियो ।
लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा ल्याएपछि रास्वपाका नेता तथा कार्यकर्ताहरूले जिल्ला प्रहरी कार्यालय, कास्कीबाहिर विरोध प्रदर्शन गरिरहेका छन् ।