२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान

Nada
२०८१ कार्तिक ४ गते १४:०५
Shares
वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान

काठमाडौंः वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान भइ सेवाप्रवाह सञ्चालन भएको छ । गत शुक्रबारदेखि सफ्टवेयरमा समस्या आएको र आज समस्या समाधान भइ सेवा प्रवाह शुरु भएको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

ncell

सफ्टवेयरमा समस्या आएपछि वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र उनीहरुका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणलगायतको काम रोकिएको थियो । 

प्रवक्ता ढकालले भने, ‘वैदेशिक रोजगारीमा रहेका श्रमिकका सन्तानलाई प्रदान गर्ने सफ्टवेयरमा केही दिनदेखि समस्या आएको थियो । आज समस्या समाधानपछि सेवा शुरु भइसकेको छ ।’

सफ्टवेयरमा समस्या देखिएर सेवा प्रभावित भएपनि इमेल तथा भौतिक रुपमा उपस्थित भइ दिएको निवेदन भने सङ्कलन निरन्तर रुपमा भइरहेको उनले बताए । 

सम्बन्धित खबर