२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

सेल्फ फाउण्डेसनको भवन निर्माणका लागि भूमि पूजन

ADV
मध्यान्ह
२०८१ असार २ गते २०:५४
सेल्फ फाउण्डेसनको भवन निर्माणका लागि भूमि पूजन

बाँके : नेपाल क्षयरोग निवारण संस्था बाँकेको गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेसनले भवन निर्माणका लागि भूमि पूजन गरेको छ । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नं.६ बस पार्कदेखि पूर्वमा गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेसनलाई फुल्टेक्रा निवासी समाजसेवी माधवराम वर्माले ५ धुर जग्गा भवन निर्माणका लागि दान गरेको जग्गामा भूमि पूजन गरिएको हो ।

फाउण्डेसन अध्यक्ष मधु शाहको अध्यक्षतामा उपाध्यक्ष करन साहूद्वारा सञ्चालित कार्यक्रममा जग्गादाता तथा प्रमुख अतिथि तथा समाजसेवी माधवराम वर्माले विधिवत् भूमिपूजन गरेका थिए ।

कार्यक्रम गुरुप्रसाद मिश्रले पूजा पाठ गराएका फाउण्डेसनका संरक्षक प्रदीप कुमार शाहले बताए । 

कार्यक्रममा नेपाली कांग्रेस बाँके क्षेत्र नं.२ का क्षेत्रिय सचिव समेत रहेका शाहले फाउण्डेसनले विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए । शाहले भने, ‘हामीले शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न कामहरू गर्दै आएका छौं । गौरवको सम्झनामा केही रकम अक्षयकोष बनाएका छौं र त्यही पैसाबाट कार्यक्रम गर्दै आइरहेको छौं ।’

प्रमुख अतिथि तथा समाजसेवी वर्माले फाउण्डेसनले छोटो समयमा उल्लेखनीय काम गर्दै आएको बताए । उनले संस्था खोल्नु कुनै ठूलो विषय होइन् तर यसको निरन्तरता नै ठूलो विषय भन्दै फाउण्डेसनको उज्वल भविष्यको कामना व्यक्त गरे । 

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं.२ का क्षेत्रिय सभापति रमेश गुप्ताले सामाजिक क्षेत्रमा क्रियाशील सम्पूर्ण संघसंस्थाहरूले समाजको चेतनास्तर वृद्धि गर्न सहयोग गर्दै आएकोमा धन्यवाद दिँदै सामाजिक रूपमा समाजमा व्यप्त समस्यालाई समाधानका लागि फाउण्डेसनले अति नै महत्व रहेको बताए । 

कार्यक्रममा साहु समाज समितिका बाँकेका अध्यक्ष हंसराम साहू, नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशका अध्यक्ष एवं पत्रकार नरेन्द्र थापा, लुम्बिनी प्रदेश औषधी व्यवसायी संघका अध्यक्ष सुदिप खड्का, पत्रकार मधु पौडेल, नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ का वडा सदस्य मोहम्मद सलिम मुसलमान, साहु समाज समिति युवा समाजका अध्यक्ष रामकिसुन साहू, समाजका हरिश साहू लगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । कार्यक्रममा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिमल कुमार साहू, दिनेश साहू, फाउण्डेशन कार्य समिति पदाधिकारीहरुको सहभागिता रहेको थियो ।   

कार्यक्रममा फाउण्डेशनका आजीवन सदस्य तथा पत्रकार पवन जायसवालले जेठ ३१ गते १ सय पटक रक्तदान गरी शतक रक्तदाता सम्मानबाट सम्मानित भएकोमा प्रमुख अतिथि वर्मा, फाउण्डेसनका संरक्षक शाह, फाउण्डेसनका अध्यक्ष शाह, साहू समाजका अध्यक्ष साहू, राम किसुन साहू, हरिश साहू लगायतले दोसल्ला ओढाइ सम्मान गरेका थिए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise