२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

ADV
मध्यान्ह
२०८१ असार २ गते २०:५८
निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

काठमाडौं : संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभामुख इन्दिरा राना र मुख्यसचिव डा वैकुण्ड अर्याल सहभागी थिए । 

निर्वाचन आयुक्त सिफारिस भएका प्रधान नेपाल कानून समाजका कार्यकारी निर्देशक हुन् । अब संसदीय सुनुवाइपछि उनी आयुक्त पदमा नियुक्ति हुनेछन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise