२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

म्याग्दी राखु भगवती मेला : भलिबल कपको उपाधि काउलेगौडा युवा क्लबलाई

ADV
तिलु शर्मा पौडेल
२०८१ कार्तिक ६ गते १८:२१
म्याग्दी राखु भगवती मेला : भलिबल कपको उपाधि काउलेगौडा युवा क्लबलाई

भगवती, म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका-२ राखु भगवतीस्थित भगवती युवा क्लबद्वारा विजयादशमीको अवसरमा आयोजित बडा दशैं मेला सकिएको छ । मेलामा सञ्चालित विविध कार्यक्रमअन्तर्गत विभिन्न खेलका फाइनल खेल सकिएसँगै मेला सकिएको हो । सोमबार वडास्तरीय भलिबल, प्रौढ भलिबलको फाइनल खेल खेलाइएको थियो । वडास्तरीय भलिबल प्रतियोगितामा कूल १५ टिमले भाग लिएका थिए । 

अन्य १३ टिमलाई पछि पार्दै फाइनलमा पुगेका आयोजक भगवती युवा क्लब र काउलेगौडा युवा क्लब घतानबीच बेस्ट अफ फाइभमा खेलाइएको खेलमा तीन सेट आफ्नो पक्षमा पार्दै घतानले उपाधि जितेको छ । विजेता क्लबले रु १ लाख १० हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । उपविजेता आयोजक भगवतीले ६० हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।

प्रौढ भलिबल अन्तर्गत कूल ९ टिम सहभागीमध्ये ७ टिमलाई पछि पार्दै फाइनलमा पुगेका भकिम्ले र पिप्लेबीचको खेलमा भकिम्लेलाई ३-१ को सेटमा हराउँदै पिप्पलेले उपाधि चुमेको छ । विजेताले ७० हजार र उपविजेताले ४० हजारसहित ट्रफ्री, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । मेला अवधिभर हरेक दिन साँझ स्थानीय कलाकारले आफ्ना सांगीतिक प्रस्तुति दिए । म्याग्देली भर्षटायल गायक सम्भोज मल्लले आइतबार साँझ आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । 

यहाँको भगवती कोत मन्दिरमा विजयादशमीको नवमीका दिन बली चढाइने सरकारी राँगोको मार हान्न (काट्न) चार लाख ७१ हजार रुपैयाँको बोलकबोल भएको थियो । कालरात्रिमा खुला बढीबढाउमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । ४५ मिनेटको समयसीमामा शुरु भएको बढीबढाउमा रघुगंगा गाउँपालिका–३ कलेजबाङ निवासी सोवित भण्डारीले सबैलेभन्दा धेरै चार लाख ७१ हजार रुपैयाँ रकम तिर्ने कबोल गरेर सरकारी राँगोको मार हान्ने पक्का भएको थियो ।

४५ मिनेटको समय सीमाभित्र सोवित भण्डारी र रघुगंगा-२ का कटुवाल टोलका रमेश कटुवालले चार लाख रुपैयाँ बराबर बोलेपछि समितिले गोलामार्फत टुंगो लगाउने निर्णयसँगै रमेश भण्डारीले चार लाख ५० हजार रुपैयाँ र मार हान्ने सोवित भण्डारीको वारिसमा बोल्ने लक्ष्मण भण्डारीले चार लाख ७१ हजार रुपैयाँ लेखेपछि भण्डारी मार हान्ने व्यक्तिका रूपमा फाइनल भएका थिए । पूजा समितिले सरकारी राँगोको बढीबढाउ शुरुवाती मूल्य ५० हजार रुपैयाँबाट शुरु गरेको थियो ।

बास्केटबलको फाइनल खेल्न खेलाडी नै आएनन्

बास्केटबलको फाइनलमा पुगेका केटिएम पिप्ले र पिप्ले ए का खेलाडीहरू सोमबार साँझसम्म पनी फाइनल खेल्न नआएपछि पुरस्कार वितरणमा अन्योलता देखिएको थियो । मेला आयोजक समितिका एक सदस्यका अनुसार टिमका सम्बन्धित व्यक्तिहरूलाई सम्पर्क गर्दा पनी खेल्न नआएको, तर पुरस्कार पाउनु पर्ने दाबी गरेको बताए । आयोजकले भने खेल खेल्न खेलाडी नआउनु सिंगो मेला, पुरस्कार र खेलको अपमान महसुस गर्दै पुरस्कार दिने मनस्थितिमा नरहेको बुझिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise