२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

प्रदेश सरकारले सडक पूर्वाधारलाई सबैभन्दा बढी प्राथमिकता दिएको छ : मन्त्री डा. गुरुङ

ADV
जनक श्रेष्ठ
२०८१ कार्तिक ७ गते २२:०४
प्रदेश सरकारले सडक पूर्वाधारलाई सबैभन्दा बढी प्राथमिकता दिएको छ : मन्त्री डा. गुरुङ

लमजुङ : गण्डकी प्रदेशका आर्थिक  मामिलामन्त्री तथा सरकार प्रवक्ता डा.टकराज गुरुङले सरकारको पहिलो प्राथमिकता, नीति कृषि भएपनि प्रदेश सरकारले कुल बजेटको करिव ४० प्रतिशत सडक पूर्वाधारमा खर्च गर्दै आएको बताएका छन् । 

जिल्ला समन्वय समिति लमजुङद्वारा बुधबार बेसिशहर नगरपालिका ८ स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित जिल्ला स्तरीय समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रदेशमा करिव २५ प्रतिशत मात्रै कृषि हुने गरेकाले सन्तोषजनक नरहेको उनको भनाइ छ । त्यस्तै मन्त्री गुरुङले सरकारको दोस्रो प्राथमिकतामा पर्यटन रहेको र पर्यटकको राजधानी पोखरा रहेपनि पर्यटन सम्बन्धी कुनै नीति हालसम्म बन्न नसकेको बताए ।

उनले भने,‘अन्य देशमा पहिला पूर्वाधार र पछि बस्ती हुन्छ, तर यहाँ पहिला बस्ती अनि पूर्वाधार गर्ने हुँदा पूर्वाधार विकासमा कठिन चुनौती र आर्थिक भार रहेको छ ।’ त्यस्तै तनहुँ, कास्की र नवलपुर जिल्ला बाहेक प्रदेशका ९ जिल्लामा बसाईसराइँ बढी भएकाले गाउँ गाउँमा वस्तु खाली हुने बढिरहेको र यसलाई रोक्न प्रदेश सरकारले ध्यान दिने मन्त्री गुरुङले बताए ।

सो कार्यक्रममा प्रदेश सभा सदस्य पार्वती तामाङ, विभिन्न पालिकाको प्रमुख उपप्रमुख, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न सरकारी कार्यालयदेखि जिल्लाका ८ पालिकाको नै गत आर्थिक वर्षको कामको बारेमा जानकारी गराएको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise