२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कतारवासी नेपाली नचाउन शान्ता रानी परियार कतारमा

Nada
तिलु शर्मा पौडेल
२०८१ कार्तिक ८ गते १२:४८
Shares
कतारवासी नेपाली नचाउन शान्ता रानी परियार कतारमा

दोहा, कतार : चर्चित लोक तथा दोहोरी गायिका शान्ता रानी परियार बिहीबार बिहान कतार आइपुगेकी छन् । गुल्मी सेवा समाज कतारले आकस्मिक कोष स्थापनार्थ विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदानसहित आयोजना गर्न लागेको विविध सांस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन परियार कतार आइपुगेकी हुन् ।

ncell

परियारको स्वागतका लागि कतारको हमाद विमानस्थलमा समाजका वरिष्ठ सल्लाहकार झविन्द्र आचार्य, कोषाध्यक्ष देव लम्साललगायतका पदाधिकारी तथा अन्य व्यक्तित्वहरू पुगेका थिए । परियारका शिरफुल शिरको, मेरो मायालु बागलुङतिरकोसहित हालसालै तीजमा रिलिज भएको 'ढलें ढलें म' भन्ने गीत अझै चर्चाको शिखरमा छ ।

भोलि २५ तारिक कतारको अलत्तियामा रहेको फूलबारी रेस्टुरेन्टको सभा हलमा आयोजना हुने कार्यक्रममा परियारका अलावा कतारमा रहेका दर्जनभन्दा बढी कलाकारसहित साहित्यकारले रचना वाचन गर्ने समाजका सचिव दर्शन सुनारले मध्यान्ह दैनिकलाई जानकारी दिए । कलाकारको आगमनसँगै कार्यक्रमको तयारी पूरा भएको सुनारले बताए ।

समाजले विगतका वर्षहरूमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आकस्मिक कोषका लागि रकम जम्मा गर्दै आएको छ । यस पटक पनि केही रकम सोही कोषमा जम्मा गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ । उक्त कार्यक्रमको प्रचार प्रसार गर्न मध्यान्ह दैनिक सञ्चार सहयोगीका रूपमा रहेको छ ।

सम्बन्धित खबर