२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

अभिलेख संरक्षण संशोधन विधेयक संसदीय समितिबाट पारित

draupadi film
मध्यान्ह
२०८१ जेठ १७ गते १०:१२
अभिलेख संरक्षण संशोधन विधेयक संसदीय समितिबाट पारित

काठमाडौं : प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित भएको छ । 

समितिको आजको बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित गरेको हो । बैठकले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सकेर सर्वसम्मत पारित गरेको सभापति राजकिशोर यादवले जानकारी दिए । 

राष्ट्रिय सभाबाट पारित भएको विधेयकको प्रतिवेदन अब प्रतिनिधि सभामा पेस हुनेछ । त्यहाँबाट स्वीकृत भएर पुनः राष्ट्रियसभामा लैजानुपर्ने, प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रियसभाले स्वीकार गरेमा अध्यक्षबाट प्रमाणित भइ राष्ट्रपतिकहाँ पठाउने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानून बनेर कार्यान्वयनमा आउने प्रावधान छ ।

ADV

सम्बन्धित खबर

Advertise