२०८२ साउन १३ गते मङ्गलवार / Jul 29 , 2025 , Tuesday
२०८२ साउन १३ गते मङ्गलवार
Ads

संघीय संसदका कर्मचारीको माग सम्बोधन गर्न छलफल

shivam cement
मध्यान्ह
२०८१ असार ३ गते १२:३७
संघीय संसदका कर्मचारीको माग सम्बोधन गर्न छलफल

काठमाडौं : संघी संसद सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक/सचेतक र सचिवालयका उच्चाधिकारीसहितको छलफल सिंहदरबारमा शुरु भएको छ ।

संघीय संसद सचिवालय कर्मचारी युनियनले कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ मा समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त कामवापतको प्रोत्साहन भत्ता दिइनुपर्ने, कर्मचारी कल्याण कोषलगायत ११ बुँदे माग राखी गत जेठ ३० गतेदेखि आन्दोलन सञ्चालन गर्दै आएको छ । आन्दोलनरत कर्मचारीले संसद र्बैठकमै कालो पट्टी बाँधेर विरोध जनाएका थिए ।  

छलफलमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सचिवालयका सचिवको उपस्थिति रहेको छ । हाल संसद सचिवालयमा तीन सय ९० कर्मचारीका कार्यरत छन् ।

ADV

सम्बन्धित खबर

Advertise