२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

वनमन्त्री शाहीले जैविक विविधता अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै

Nada
२०८१ कार्तिक १२ गते १२:४४
Shares
वनमन्त्री शाहीले जैविक विविधता अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै

काठमाडौंः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कोलम्बियामा जारी जैविक विविधता महासन्धिसम्बन्धी १६औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप–१६) लाई आज सम्बोधन गर्ने भएका छन् ।

ncell

वन वातावरण मन्त्रिस्तरीय बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । कोलम्बियाको काली सहरमा यही अक्टोबर २६ देखि ३१ तारिखसम्म हुने सम्मेलनमा मन्त्री शाहीले आज र भोलि अक्टोबर २९ तारिखमा हुने उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनले ‘प्रकृति र शान्ति’ तथा ‘जैविक विविधता र वित्त’ विषयका दुई सत्रका छलफललाई सम्बोधन गर्नेछन् । मन्त्री शाही यही कात्तिक १७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

ताजा खबर

सम्बन्धित खबर