२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एमसीसी सबस्टेसनको ठेक्का अन्तिम चरणमा

ADV
मध्यान्ह
२०८१ असार ३ गते १५:५२
एमसीसी सबस्टेसनको ठेक्का अन्तिम चरणमा

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा बन्ने तीन वटा विद्युत् सबस्टेसनमध्ये दुई वटाको ठेक्का सम्झौता भएको छ ।

यसअघि न्यु बुटवल सबस्टेसन लट-२ को ठेक्का सम्झौता भइसकेकोमा शनिबार मात्रै लट-१ अन्तर्गतको रातमाटे सबस्टेसनको पनि ठेक्का लागेको छ । तीन लटको यो परियोजनामा अब लट-३ अर्थात् न्यु दमौली सबस्टेसनको मात्रै ठेक्का लाग्न बाँकी छ ।

यो परियोजना निर्माणमा टेन्डर हालेका कम्पनीमध्ये टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ भारतले सबैभन्दा कम अर्थात् ३ करोड ९८ लाख अमेरिकी डलर (करिब ५ अर्ब २९ करोड रुपैयाँ) रकम प्रस्ताव गरेको छ । यो रकम लट-३ को लागत अनुमानभन्दा ११ प्रतिशत बढी भएकाले यस खण्डको निर्णयमा ढिलाइ भइरहेको बताइएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise