२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

प्रचण्ड, जनार्दन, वर्षमानसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी

ADV
मध्यान्ह
२०८१ कार्तिक १३ गते १४:३२
प्रचण्ड, जनार्दन, वर्षमानसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ : माओवादी लडाकू शिविर (क्यान्टोनमेन्ट)मा भएको घोटालाबारे छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ ।

सिन्धुली घर भएका युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणि खनालसहित १३ जनाविरुद्ध उजुरी हालेका हुन् ।

उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोशाक दिएर फोटो खिचाइ रकम निकासा गरिएको उल्लेख छ । माओवादी अध्यक्ष ‘प्रचण्ड’ले स्वयंले ७ हजार सेनालाई ३५ हजार पुर्‍याएर २० हजार भेरिफिकेसनमा परेको एक भिडियोमा उल्लेख गरेको विषयलाई समेत उजुरीमा प्रमाणका रूपमा व्याख्या गरिएको छ ।

त्यस समयमा संयुक्त राष्ट्र संघीय मिसन (अनमिन)ले १९ हजार ६ सय सेना प्रमाणीकरण गरेको थियो । पौडेलले माओवादी शिविर व्यवस्थापन गर्दा ६ वर्षको अवधिमा २० अर्ब खर्च भएको र अधिकांश रकम प्रचण्डको योजनामा निकासा भएकाले त्यो भ्रष्टाचार भएको उल्लेख गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise