२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सोरु गाउँपालिकाका आठ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर

Nada
२०८१ जेठ १८ गते १७:०७
Shares
सोरु गाउँपालिकाका आठ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर

काठमाडौं : मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित आठ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध शुक्रबार विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो।

ncell

आयोगले मल्लसहित गाउँपालिका इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सब इन्जिनियर विक्रम बुढा, वडा नम्बर ७ का तत्कालीन वडा अध्यक्ष राजेन्द्र बुमी, अनुगमन समिति संयोजक दलवीर सार्की, दाक्चख्याल्च सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढाविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध सोरु गाउँपालिका–७ अन्तर्गत दाक्च-ख्याल्च सडक निर्माणका क्रममा आर्थिक अनियमितता गरेको अभियोग छ। उनीहरूले नापी किताबमा गलत विवरण उल्लेख गरेर कार्यसम्पन्‍न प्रतिवेदन तयार पारी वास्तविक कामभन्दा १३ लाख ७२ हजार ३४० बढी भुक्तानी लिएरदिएको अनुसन्धानका क्रममा पुष्टि भएको आयोगको दाबी छ। आयोगले उनीहरूविरुद्ध १३ लाख ७२ हजार ३४० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिबानाको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

ताजा खबर

सम्बन्धित खबर