रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा वाईसीएलको भेला सम्पन्न भएको छ । उक्त भेला बाट डिलाराम कुसारिको अध्यक्षतामा ४७ सदस्यीय वाईसीएल नेपाल सानीभेरी-५ को वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा दिपक बाठा, सचिवमा जीवन खड्का, सहसचिवमा बल बहादुर बस्नेत चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रकी कर्णाली प्रदेश कमिटी अध्यक्ष विमला केसीले उपनिर्वाचनमा माओवादी केन्द्रलाई विजय बनाउन सशक्त ढंगले लाग्न नेता कार्यकर्तालाई आग्रह गरिन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य नर बहादुर पुन, पहलसिङ घर्ती, धर्म बहादुर पुनलगायतको उपस्थिति रहेको थियो । भेलामा वाईसीएल नेपालका जिल्ला अध्यक्ष गोविन्द ओलीको पनि उपस्थिति रहेको थियो ।