२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

पशुहरूलाई निर्दयी व्यवहार गर्ने पक्राउ

draupadi film
शहबाज खान
२०८१ कार्तिक २४ गते २०:५६
पशुहरूलाई निर्दयी व्यवहार गर्ने पक्राउ

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका–७, चन्द्रौटा–कृष्णनगर सडक खण्डको जवाभारी भन्ने स्थानमा पशुहरूको अमानवीय व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–४ का २६ वर्षीय कमल धामीलाई पक्राउ गरेको हो । विगत तीन महिना यता कपिलवस्तुमा गोरुको अवैध कारोबार हुँदै आएको छ । कपिलवस्तुमा गोरु तस्करी नियन्त्रणमा आउन नसकेपछि प्रहरीले गोरु तस्करविरुद्ध मुद्दा चलाएको छ । 

धामीले चलाएको ना ६ ख ३७०८ नम्बरको ट्रकमा चेकजाँच गर्दा २१ वटा गोरुहरूलाई अमानविय तरिकाले बाँधिएको अवस्थामा भेटिएको थियो ।

सबै गोरुहरूको पुच्छर ट्रकको छतमा डोरीले बाँधेर झुण्डाइएको, नाक डोरीले छेडेर रगत बगिरहेको, खुट्टा बाँधेर पल्टाइएको र त्रिपालले पुरै ढाकेर सास–प्रश्वासमा अवरोध पु¥याइएको अवस्थामा भेटिएका थिए । 

प्रहरीले उक्त सवारी साधन नियन्त्रणमा लिई २१ वटा गोरुहरूलाई मुक्त गरी जवाभारीको सार्वजनिक जंगलमा छाडेको छ । पशुहरूको निर्दयी यातना र मापदण्ड विपरितको ओसार–पसारमा संलग्न भएको अभियोगमा चालक धामीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २९० (पशुपंक्षीप्रति निर्दयी व्यवहार) बमोजिम कारबाही अघि बढाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise