२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

जयपृथ्वी विद्यालयका शिक्षकहरुबीच सिकाइ आदान–प्रदान

ADV
सत्यराज सिंह
२०८१ कार्तिक २६ गते २२:०८
जयपृथ्वी विद्यालयका शिक्षकहरुबीच सिकाइ आदान–प्रदान

बझाङ : प्रगतिशील युवा समाज बझाङले जयपृथ्वी नगरपालिकाका आठ वटा सामुदायिक विद्यालयहरुका शिक्षकहरुबीच सिकाइ आदान–प्रदान कार्यक्रम सोमबार चैनपुरमा गरेको छ । 

वल्र्डभिजन इन्टरनेशनल नेपाल, एडुटेक नेपालको आर्थिक सहयोग र प्रगतिशिल युवा समाजद्वारा सञ्चालित विद्यालयमा प्रविधिमैत्री शिक्षा सिक्ने अवसर (टेलस) परियोजना अन्तर्गत सिकाइ आदान–प्रदान कार्यक्रम गरिएको हो । 

विद्यालयमा सञ्चालन गरिएको सूचना, सञ्चार तथा प्रविधि ल्याब (आइसिटी ल्याब) सञ्चालन भएपछि विद्यालयमा विद्यार्थीहरुको सिकाइमा आएको परिवर्तन तथा आईसिटी ल्याबको व्यवस्थापनबारे छलफल भएको छ । 

छलफलमा नारायण माध्यामिक विद्यालय, बालविकास माध्यामिक विद्यालय, पाण्डु माध्यामिक विद्यालय, निलकट्टी माध्यामिक विद्यालय, सुनिपिपलचौर माध्यामिक विद्यालय,भवानी माध्यामिक विद्यालय, शिशु आधारभूत, विद्यालय, र सुर्मा आधारभूत विद्यालय, गरी नगरपालिकाका ८ वटा विद्यालय प्रधानाध्यापक र आइसिटी शिक्षकहरु र पत्रकारको सहभागिता रहेको थियो ।

प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले शिक्षामा प्रविधि आजको आवश्यकता भएको भन्दै विद्यालयमा अब शिक्षकहरु निकै चनाखो भएर शिक्षण गर्नुपर्ने बताए । 

छलफलमा आइसिटी ल्याबको दिगोपना, विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला व्यवस्थापन र प्रयोग सम्बन्धी कार्यविधि २०८१ को कार्यान्वयन, विद्यालय सुधार योजना लगायत चुनौती र समाधानका विषयमा पनि छलफल भएको थियो ।

प्रगतिशील युवा समाजका परियोजनाका अधिकृत पाण्डव पुजाराले सञ्चालन गरेको कार्यक्रममा वल्र्डभिजन इन्टरनेशनल नेपालका टेलस परियोजना सयोजक जमुना श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् । प्रगतिशील युवा समाज बझाङले जयपृथ्वी नगरपालिकाका आठ वटा सामुदायिक विद्यालयहरुमा सुचना, सञ्चार तथा प्रविधी (आइसीटी) ल्याब स्थापना गरेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise