२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

१८ सांसदविरुद्ध अवहेलना मुद्दा

ADV
शिव विक
२०८१ कार्तिक २८ गते ०७:४१
१८ सांसदविरुद्ध अवहेलना मुद्दा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका १८ जना सांसदविरुद्ध अवहेलना मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । न्यायिक प्रक्रिया अवरोध गर्ने कार्यमा संलग्न रहेको आरोपमा अधिवक्ता अनुपम भट्टराईले मुद्दा लगेका हुन् । 

बिभिन्न व्यक्तिहरूउपर ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान अगाडि बढाउन खोज्दा अवरोध गरेको आरोप लगाइएको छ । यही कात्तिक २ गते पक्राउ परेका रास्वपाका सभापति समेत रहेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान भइरहेको छ । तर, जारी अनुसन्धानलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै रास्वपाका नेता÷कार्यत्रकर्ता सडक आन्दोलनमा छन् । 

कानून बनाउने सांसदले कानून कार्यान्वयमा सघाउनुपर्नेमा नसघाएको र यो अदालतको अवहेलना भएको दाबी रिटमा गरिएको छ । अधिवक्ता अनुपम भट्टराईले रास्वापका सांसद तथा नेताहरुले अदालतलाई प्रभावित पार्ने प्रयास गरिरहेको आरोप लगाइएको छ । विचाराधीन मुद्दा र अनुसन्धानलाई प्रभावित पार्न लागि परेको भन्दै भट्टराईले सर्वोच्च अदालतमा रिट लगेका हुन् । 

रिटमा लेखिएको छ, ‘विपक्षीहरुले मुद्दा विचाराधिन रहेको स्थानमा र अनुसन्धानको दायरमा रहेका व्यक्तिलाई रिहाई गर्नुपर्ने माग सहित खडा गरेको भिडले न्याय प्रक्रियामा अवरोध सृजना गरेको छ । न्यायपालिका स्वतन्त्र छैन भन्ने भाष्य प्रयोग गरी नाराबाजी गरेकोले न्यायलयको गरिमामा नकरात्मक सन्देश प्रवाह भइरहेको छ । न्यायाधीशको बारेमा अनुचित भ्रम सृजना गरी समग्र न्यायपालिकालाई कमजोर बनाउने, स्वतन्त्र र सक्षम न्यायपालिकाबाट स्वच्छ न्याय प्राप्त गर्ने सर्वसाधरण नागरिकको हक अधिकारमा बाधा सृजना गर्ने, न्यायाधिशको मनोवल कमजोर बनाउने र अन्ततः न्यायिक प्रक्रिया नै अवरोध पुर्‍याउने कलुषित र दुरासयपूर्ण रहेको भन्ने तथ्यमा प्रयोग भएको अभिष्ट भाषा, शैली र कपोलकल्पित तथ्यको श्रृङ्खलाले पुष्टि गर्छ ।’

रिटमा सांसदहरु स्वर्णिम वाग्ले, मनिष झा, विराजभक्त श्रेष्ठ, चन्दा कार्की, गणेश पराजुली, डोलप्रसाद अर्यालसहित १८ जना विपक्षी छन् । प्रतिनिधिसभाका रास्वपाका २१ जना सांसद छन् । 

यही कात्तिक १४ गते सहरजिष्ट्रार अच्युत कुईकेलले ठोस प्रमाणको अभाव रहेको भन्दै अपहेलनाको रिट दरपिठ गरेको थियो । तर, उक्त रिट निवेदन मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले बदर गरेको हो । दरपिठ आदेश बदर भएसँगै सभापति छुटाउन भन्दै अदालत र न्यायाधीशविरुद्ध सडकमा उगेका रास्वाका सांसदहरुविरुद्ध अवहेलना मुद्दा दर्ता हुने भएको हो । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise