२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

त्रियुगा–१२ र बेलका–९ मा १६ जनाको मनोनयन दर्ता

ADV
बिन्द्र राई
२०८१ मंसिर २ गते १९:५५
त्रियुगा–१२ र बेलका–९ मा १६ जनाको मनोनयन दर्ता

उदयपुर : मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बेलका नगरपालिका वडा नम्बर ९ मा वडाध्यक्ष पदका लागि एक स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्रियुगा–१२ मा १ स्वतन्त्रसहित ९ जनाले उम्मेदवारी दिएका छन् भने बेलका–९ मा ७ जनाको उम्मेदवारी परेको छ । त्रियुगा–१२ मा नेकपा एमालेबाट लक्ष्मीनारागण चौधरी, नेपाली कांग्रेसबाट संजिव काफ्ले र नेकपा माओवादी केन्द्रबाट नविनकुमार बान्तवा राईले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट निर्मला चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ध्रुवप्रसाद पोखरेल, नागरिक उन्मुक्ति  पार्टीबाट चन्द्रकला चौधरी, जनमत पार्टीबाट प्रमोद मलाहा सहनी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट लालबाबु साहको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारको रुपमा बजरंगवली कुमार दासको उम्मेदवारी परेको छ ।

त्यसैगरी बेलका–९ मा एमालेबाट मोहन खड्का, कांग्रेसबाट नवराज बस्नेत, माओवादीबाट भरत घिमिरेको उम्मेदवारी परेको छ । त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट राजकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तेजमान विक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट टिकाप्रसाद फुयाल र मंगोल नेशनल अर्गनाइजेशनबाट सूर्य तामाङको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेसबाट जितेका दुबै वडाध्यक्षको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । २०७९ को स्थानीय तहको निर्वाचनमा त्रियुगा–१२ मा कांग्रेसका चुडा काफ्ले विजयी भएका थिए । अहिले उनकै छोरा संजिवले उम्मेदवारी दिएका हुन् । यस्तै बेलका–९ मा एमालेका पदमबहादुर खड्का विजयी भएका थिए । अहिले उनकै भाइ मोहनले उम्मेदवारी दिएका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise