
काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ ।
बिहान १० बजेका लागि तय गरिएको मतदान समय तीनपटक सार्दै दिउँसो साढे २ बजेसम्म पुर्याइएको थियो । तर, उक्त समयमा पनि मतदान सुरु हुन सकेन। त्यसपछि केन्द्रीय निर्वाचन समितिले आजका लागि अर्को समय तोकेन ।
समयमै मतदान सुरु हुन नसकेपछि निर्वाचन समितिले भोलि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने निर्णय गरेको छ ।
निर्वाचन समितिका अनुसार मतदानका लागि आवश्यक निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएकाले निर्धारित समयमा मतदान सुरु गर्न नसकिएको हो ।