२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पद बहाली, ओलीले गराए शपथ

Nada
२०८३ असोज २२ गते १४:१४
Shares
एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पद बहाली, ओलीले गराए शपथ

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को वरिष्ठ नेताको जिम्मेवारी सम्हालेकी छन् ।

ncell

पार्टीको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

राष्ट्रपतिको कार्यकाल समाप्त भएपछि भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी हुन् ।

राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहेकी भण्डारीको कार्यकाल सकिएपछि पार्टी राजनीतिमा उनको भूमिकाबारे चर्चा हुँदै आएको थियो ।

एमालेले यसअघि असोज ८ गते भण्डारीलाई अध्यक्षपछिको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको थियो ।

उक्त निर्णयसँगै पार्टीका केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालय बैठकमा सहभागी हुने जिम्मेवारीसमेत उनलाई दिइएको छ ।

सम्बन्धित खबर