२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

एमालेले मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने

Nada
२०८३ असोज २२ गते १७:०६
Shares
एमालेले मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने

काठमाडौं : नेकपा एमालेले आगामी मंसिरको पहिलो साता काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकले तल्लो तहका संगठनात्मक गतिविधि सम्पन्न गरेपछि राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो ।

ncell

राष्ट्रिय भेलामा प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका तहका अध्यक्ष र उपाध्यक्षसँगै संघ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहनेछ ।

एमालेले संगठनात्मक गतिविधिलाई तीव्रता दिने क्रममा वडा र पालिका तहका अधिवेशनको मिति पनि तय गरेको छ । बैठकले आगामी मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ ।

वडा तथा पालिका तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने तयारीसमेत एमालेले गरेको छ । पार्टीको संगठनलाई तल्लो तहसम्म थप सक्रिय र व्यवस्थित बनाउने उद्देश्यले अधिवेशन तथा भेलालाई अघि बढाउन लागिएको नेताहरूले बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर