२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

कांग्रेस नभएको भए राणा शासन र राजतन्त्रको अन्त्य हुने थिएन : कांग्रेस महामन्त्री शर्मा

Nada
ओमप्रकाश यादव
२०८१ मंसिर ६ गते १८:१३
Shares
कांग्रेस नभएको भए राणा शासन र राजतन्त्रको अन्त्य हुने थिएन : कांग्रेस महामन्त्री शर्मा

रौतहट : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसकै कारण देशमा राणा शासन र राजतन्त्रको अन्त्य भएको बताएका छन् ।

ncell

नेपाली कांग्रेस ठूलो इतिहास बोकेको पार्टी भएको बताउँदै महामन्त्री शर्माले कांग्रेसलाई कसैले दबाउन खोजें आफैं समाप्त हुने बताएका हुन् ।

उपनिर्वाचनको प्रचारप्रसारको क्रममा मधेश झरेका कांग्रेस महामन्त्री शर्माले बिहीवार रौतहटको ईशनाथ नगरपालिका –७ मा आयोजित पार्टीको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेस नभएको भए राणा शासन र राजसंस्थाको अन्त्य हुने थिएन, कांग्रेसले गरेको आन्दोलनका कारण तानाशाह राणाको अन्त्य भएको र राजतन्त्र ढलेर प्रजातन्त्र स्थापना भएको हो ।’

कांग्रेसले राणा र राजा फालेर देशमा इतिहास रचेको पार्टी भएकोले आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई अत्याधिक मत दिएर विजयी बनाउन उनले आग्रह गरे ।

कांग्रेससंग मधेशको विशेष सम्बन्ध रहेको चर्चा गर्दै महामन्त्री शर्माले मधेशको विकास र समृद्धिको लागि कांग्रेसलाई जिताएर अझै मजबूत एवं शक्तिशाली शक्ति बनाउनुपर्ने धारणा राखे ।

मधेश र पहाडमा उस्ता उस्तै समस्या रहेको बताउँदै ती समस्याहरूको निकासका लागि कांग्रेसलाई बलियो बनाउनुपर्ने  उनले जोड दिए।

रौतहटको ईशनाथ नगरपालिका –७ को वडा अध्यक्ष पदका लागि हुन् लागेको उपनिर्वाचनमा कांग्रेसबाट शेख अब्दुल खलिक उम्मेदवार छन् ।

कार्यक्रममा कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, मधेश प्रदेश सभापति कृष्णा प्रसाद यादव, मधेश प्रदेशका अर्थमन्त्री सुनिल भन्ने जितेन्द्र प्रसाद यादव, माधव नारायणका नगरप्रमुख बैजनाथ प्रसाद यादव लगायतका नेताहरूको सहभागिता थियो ।
 

ताजा खबर

सम्बन्धित खबर