२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

निमुखाहरु सडकमा

ADV
दिवाकर अधिकारी
२०८१ असार ६ गते ०६:५५
निमुखाहरु सडकमा

काठमाडौं : मंगलबार र बुधबार काठमाडौंको सडकमा फरक–फरक समूह देखा परे । कवाड व्यावसायी ‘गरी खान देउ’ भन्दै छन् भने र किसानहरु दुधको भुक्तानी माग्दै छन् । 

प्रदर्शनका क्रममा प्रहरीले दमन गरेपछि संसदमा सांसदहरूले निमुखाहरूलाई न्याय दिनुपर्ने भनेर सरकारको ध्यानाकर्षण गरेका छन् । 

दुग्ध विकास संस्थानले किसानको रकम भुक्तानी नगरेको भन्दै दुग्ध किसानहरु आन्दोलित भएका हुन् । उनीहरुले करिब ७ महिनादेखि दुधको रकम भुक्तानी नपाएको भन्दै काठमाडौंको लैनचौरस्थित दुग्ध उत्पादक किसानले दुग्ध विकास संस्थान (डीडीसी) अगाडि धर्ना दिएका छन् ।

किसानहरु डिडिसिमा तालाबन्दी गर्ने भन्दै अगाडि बढेपछि ५० जनाभन्दा बढी दुग्ध किसानालाई नियन्त्रणमा लिएर कालीमाटी प्रहरी वृत्त लगिएको थियो ।

प्रदर्शनकारीहरुका अनुसार वैशाखमा डीडीसी र निजी डेरीले दुधको रकम दिए पनि दुध किसानको बक्यौता भने अझै बाँकी नै रहेको छ । उनीहरु किसानले अझै ४ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी रहेको बताइरहेका छन् ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुध किसानको भुक्तानीका लागि सरकार गम्भीर हुनुपर्ने बताउँछन् ।

बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर उनले काठमाडौंमा आन्दोलन गर्ने भनेर आएका किसानहरूलाई प्रहरीलाई नियन्त्रणमा लिएको भन्दै उनले गृहमन्त्रालयको ध्यानाकर्षण गरे ।

‘दुध किसानले आजदेखि काठमाडौंमा आन्दोलन गर्न खोज्दै हुनुहुन्थ्यो । अनुमति लिएर धर्ना गर्दै हुनुहुनथ्यो । तर, प्रहरीहरुले धरपकड गरे । ४५ भन्दा बढी किसानलाई नियन्त्रणमा लिइयो’ उनले भने, ‘उहाँहरूमाथि मर्यादित व्यवहार पनि भएन भन्ने छ ।’ 

६ लाख किसानको पाँचदेखि ६ अर्ब भुक्तानी बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘सरकारको, कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु । दुध किसानको भुत्तानी गरियोस्’ उनले भने ।

यता, सडक प्रदशर्नमै रहेका कवाड व्यावसायीमाथि प्रहरीले लाठी चार्ज गरेको छ । ‘गरि खान देउ’ भन्दै प्रदर्शनमा रहेका नागरिकको आवाज सुन्नुको साटो लाठी चार्ज गरेको भन्दै संसदमा सरकारको आलोचना भएको छ ।

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले कवाड व्यावसायीमाथि प्रहार भएको लाठीबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग जवाफ मागेका छन् ।

शान्तिपूर्ण आन्दोलन गर्न पाउने संवैधानिक नागरिक हक हनन भएको भन्दै उनले कवाड व्यावसायीमाथि लाठी प्रहारबारे जवाफ दिनुपर्ने बताएका हुन् । 

बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले लाठी चार्जम संलग्न प्रहरीमाथि कारबाही हुनुपर्ने माग गरे । 

‘म गृहमन्त्रीको जवाफ चाहन्छु । शान्तिपूर्ण जुलुस गर्ने हकको प्रयोग हुन्छ कि हुँदैन ? गृहमन्त्रीले यसमा स्पष्ट जवाफ दिनुपर्छ’ उनले भने ।

प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले आन्दोलनका क्रममा प्रहरीको लाठी लागेर घाइते भएका कवाड व्यावसायीहरुको निशुल्क उपचारको माग गरे । 
कवाड व्यवसायीले काठमाडौं केन्द्रित प्रदर्शन सुरु गरेको बुधबार चौथो दिन हो । 

कवाडी संकलन गरेर जम्मा पार्ने गोदाममा बिनासूचना डोजर चलाइएको भन्दै उनीहरू गत आइतबारदेखि सडकमा आएका हुन् । यसअघि पनि उनीहरूले विभिन्न चरणमा शान्तिपूर्ण आन्दोलन गरेका थिए ।

व्यवस्थापन गर्ने नीति नलिई काठमाडौं महानगरले कवाड व्यवसायीलाई विस्थापन गराउने कदम चालेकोमा उनीहरू आक्रोशित छन् । 

हामी माइतीघर मण्डलमा जम्मा भएर प्रदर्शन गरिरहेका कवाड व्यवसायीहरु महानगरले कवाडीलाई व्यवस्थापन गर्नेतिर नलागेर किन विस्थापित गर्न खोजेको बताइरहेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise