एजेन्सी : स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले हात पारेको छ । आईतबार राति शहरी प्रतिद्धन्दी एथ्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियलले सुपरकपको उपाधि हात पारेको हो ।
सर्जियो रामोसको गोलसंगै रियल मड्रिड पेनाल्टी सुटआउटमा ४–१ ले विजयी बन्यो । साउदी अरेबियामा भएको फाइनल खेलमा निर्धारित र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो । त्यसमा रियल मड्रिड ४–१ ले विजयी भयो ।
अतिरिक्त समयको पाँच मिनेट बाँकी हुँदा अर्थात ११५ औँ मिनेटमा फेडेरिको भाल्भेर्देले सीधै रातो कार्ड पाएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भएको थियो । तर टाइब्रेकरमा एथ्लेटिको मड्रिडका खेलाडी गोल गर्नबाट चुके । एथ्लेटिकोका साउल निगुएज र थोमस पार्टीले पेनाल्टीमा गोल गर्न सकेनन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies