२०८१ मंसिर १२ गते बुधवार / Nov 27 , 2024 , Wednesday
२०८१ मंसिर १२ गते बुधवार

नेवा पुचः कतारको चौथो अधिवेशन हुँदै

ADV
तिलु शर्मा पौडेल
२०८१ मंसिर १२ गते १५:५२
नेवा पुचः कतारको चौथो अधिवेशन हुँदै

दोहा, कतार : कतारमा रहेका नेवार समुदायको साझा संस्था नेवा पुच: कतारले चौथो अधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ । शुक्रबार ग्राण्डमलमा अवस्थित लाली गुराँस रेस्टुरेन्टको सभा हलमा बिहान ११ बजेबाट सुरु हुने अधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्‍याइएको पूच: ले जनाएको छ ।

अधिवेशनलाई भव्य तथा सभ्य रूपमा सफल पार्न कतारवासी नेवा तथा गैर नेवा नेपालीहरुलाई पुच: कतारले आग्रह गरेको छ । अधिवेशनलाई लक्षित गर्दै पुच:ले साधारण सदस्यता तथा आजीवन सदस्यता समेत खुला गरेको जनाएको छ । सदस्यता शुल्क नखुलाइए पनि सदस्यता लिन चाहने व्यक्तिहरूले नागरिकताको फोटोकपी, कतारी परिचय पत्रको फोटोकपी र अटो साइजको फोटो २ प्रति लिएर अधिवेशनको खुला सत्रसम्म सचिवालयमा सम्पर्क गरेर लिने सकिने व्यवस्था मिलाइएको अध्यक्ष राजु महर्जनले मध्यान्ह दैनिकलाई जानकारी दिए ।

“कतारवासी सम्पूर्ण नेवारी समुदाय जसलाई आफ्नो धर्म, संस्कार, संस्कृति र जातीयप्रति गर्व लाग्छ अनि नेवारी हो भनेर कतारमा पनि माया गर्नु हुन्छ सम्पूर्ण व्यक्तित्वहरुलाई नेवा: पुच कतारमा आबद्ध हुन हार्दिक अनुरोध गर्दछौं”, पूच: द्वारा जारी सूचनामा अनुरोध गरिएको छ । कतारका नेवार समुदायलाई आफ्ना हक ,अधिकार, धर्म, संस्कार अनि संस्कृतिको जागरण र संरक्षणका लागि 'आफ्नो पन, आफ्नो पहिचानका लागि नेवारी एकता भाषा, भेषभूषा तथा संस्कृतिको संरक्षण आजको आवश्यकता' भन्ने मुला नारा लिएर पुच: कतारको सन् २०११ मा स्थापना गरिएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise