२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

फोटो पत्रकारहरूको हकहितका लागि प्रधानमन्त्रीलाई ९ बुँदे ध्यानाकर्षणपत्र

Nada
२०८१ मंसिर १२ गते १९:४९
Shares
फोटो पत्रकारहरूको हकहितका लागि प्रधानमन्त्रीलाई ९ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको नवनिर्वाचित कार्यसमितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी फोटो पत्रकाररुको हकहितका लागि ९ बुँदे ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ  । 

ncell

समूहका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले बुझाएको सो ध्यानाकर्षणपत्रमा नेपालमा विभिन्न सञ्चारगृहमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्रहालयका लागि पहल गराइदिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण फोटो पत्रकारहरूको बीमा तथा स्वास्थ सुरक्षा तथा व्यावसायिक तालिमका लागि आवश्यक बजेटसहित क्यामरालगायतका सञ्चार उपकरण खरिदमा सहुलियत दरको ऋण व्यवस्थाका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गर्‍यो ।  

सो अवसरमा प्रधानमन्त्री ओलीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै पत्रकारितामा फोटोको महत्व धेरै हुने भएकाले फोटो पत्रकारहरूका लागि राज्यका तर्फबाट आवश्यक सहयोग गर्ने विश्वास दिलाए । 

ताजा खबर

सम्बन्धित खबर