२०८१ मंसिर १३ गते बिहिवार / Nov 28 , 2024 , Thursday
२०८१ मंसिर १३ गते बिहिवार

काभ्रेको भुम्लुमा पञ्चेबाजा प्रशिक्षण सुरु

ADV
लेखनाथ सिकारु
२०८१ मंसिर १२ गते २२:१९
काभ्रेको भुम्लुमा पञ्चेबाजा प्रशिक्षण सुरु

काभ्रेपलान्चोक : लोक परम्परागत बाजाको संरक्षणमा जिल्लाको भुम्लु गाउँपालिकाले चासो देखाएको छ । नेपाली लोक संस्कृतिकको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भुम्लु गाउँपालिकाले पञ्चेबाजा बजाउने कलाको प्रशिक्षण गराएको छ ।

पञ्चेबाजा नेपाली लोकसंस्कृतिको मौलिक बाजा हो । यो बाजा लोप हुने हो कि ? भन्ने चिन्ता पनि बढ्दो छ । आधुनिकतासँगै परम्परागत पेसा छोड्दै जाने चलनले यस्ता बाजागाजाहरु समाजबाट लोप हुने सम्भावना रहेको छ ।

नेपाली पञ्चेबाजाको संरक्षण गर्ने र बाजा बजाउने कलाको तालिम दिन गाउँपालिकाको सहयोगमा नेपाली पौराणिक पञ्चेबाजा प्रशिक्षण दिन लागिएको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलले जानकारी दिए । दश दिनसम्म चल्ने प्रशिक्षणको अध्यक्ष भुजेलले विधिवत उद्घाटन गरेका थिए । 

गाउँपालिका अध्यक्ष भुजेलले सनाई र ढोलक बजाएर प्रशिक्षण कार्यक्रमको सुरुवात गरेका थिए । प्रशिक्षकहरु छिमेकी जिल्ला सिन्धुली कलाघरका कलाकारहरु रहेका छन् । उक्त टोलीले पञ्चेबाजा बजाउने कला सिक्न चाहनेहरुलाई १० दिनसम्म पञ्चेबाजा सिकाउने छन् । पञ्चेबाजा प्रशिक्षणले लोक संस्कृतिको संरक्षण र विकासका साथै महिला सशक्तीकरणको अभियानलाई टेवा पुग्ने अध्यक्ष भुजेलले विश्वास छ ।

ADVADV

सम्बन्धित खबर

Advertise