
काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बिहीबार विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो । शुक्रबार अदालतमा उपस्थित गराइएका अर्याललाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिइएको हो ।
सीआईबीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको सम्झौताविपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा अर्याल संलग्न रहेको आरोप छ ।
प्रहरीले अमेरिकी डलर ८३ लाख ७० हजारभन्दा बढी र बेलायती पाउन्ड ३७ लाखभन्दा बढी गरी कुल १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान गरिरहेको छ ।
उक्त रकम पठाउने प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिएको तथा अरूलाई लाभ पुर्याएको आरोप अर्यालमाथि लगाइएको छ । यस प्रकरणमा जाहेरीका आधारमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।