२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

भक्तपुरमा सवारी दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

Nada
२०८१ मंसिर १३ गते १०:२८
Shares
भक्तपुरमा सवारी दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

भक्तपुर : मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ, भने अर्का एक जना गम्भीर घाइते भएका छन् । 

ncell

काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा  सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन् भने निजकी श्रीमती नवीनाको मृत्यु भएको छ । घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ । 

प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का  बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर