काठमाडौं : सबै मानिसका रुचि र स्वभाव कहाँ एकनाश हुन्छन् र ? न क्षमता नै सबैका एकनाश हुन्छन् । जिन्दगीको यात्रा न हो । जिउने दौरानमा मानिसले आफनो इच्छा र चाहना बमोजिमकै काम गरेकै राम्रो हुन्छ । जसरी पानीले आफनो बाटो आफैँ तय गर्छ, त्यसरी नै मानिसले आफनो जिन्दगी जिउने यात्रा आफै तय गर्छ । गरिरहेको हुन्छ ।
जिवनमा आफनै तरिकाले यात्रा तय गरेका सौरभ चौधरी यतिबेला फिल्म नगरीमा चम्कदैछन् । उनी अहिले फिल्म निर्देशनमा जमिरहेका छन् । अध्ययन र पेशाले भने उनी सिभिल इन्जिनियर हुन् । केही वर्षदेखि उनले इन्जिनियरीङ कन्स्ट्रक्सन कम्पनी समेत चलाइरहेका छन् । जसमा उनलाई साथीको साथ दरिलो छ ।
सप्तरीको राजविराजमा २०४८ सालमा जन्मिएका उनी काठमाडौंमै हुर्के बढेका हुन् । उनले माध्यमिक शिक्षा काठमाडौंको चोभारमा रहेको मोर्डन इन्डियन स्कुलबाट हासिल गरेका हुन् । त्यसपछी उनले आफनो अध्ययनलाई लगातार अघि बढाइ रहे । आफ्नो अध्ययनलाई निरन्तर दिँदै फलस्वरुप उनी कान्तिपुर सिटी कजेलबाट सिभिल इन्जिनियर उत्तीर्ण भए । मेहनत गर्नमा कत्ति पनि पछी नहट्ने स्वभावका सौरभले जिन्दगीमा आफु फिल्मी क्षेत्रमा लागेर निर्देशकसम्म हुने कहिल्यै सोचेका थिएनन् । आखिर जिन्दगी न हो, सोचेको कम, नसोचेको बढी त हुन्छ नै । उनी रहरले, साथी संगतले र बलिउड फिल्म ‘थ्री इडियट’को दरिलो प्रभावले फिल्मी क्षेत्रमा प्रवेश गरे ।
अब उनी यसै क्षेत्रमा आफ्नो बलियो परिचय बनाउने बताउँछन् । फिल्म क्षेत्रमा हाम फालेको पनि ८ वर्ष बितिसकेको उनी बताउँछन् । कलिलो उमेर र फिल्मी क्षेत्रमा छोटो संघर्षले नै उनमा निर्देशक हुने क्षमता विकास गर्यो । सायद उनको तेजस्वी दिमाग, मनमौजी सौख अनि अटुट मेहनतको फिउजनले होला उनी सफल निर्देशक बन्दैछन् । उनले निर्देशन गरेको पहिलो फिल्म ‘लभ डायरीज’ आउँदो फागुन २ मा रिलिज हुँदैछ । उनको कामको अझ बढी मुल्यांकन त त्यसपछी होला । तर उनी ‘भन्छन्, ‘म पुरापुर आशावादी छु, फिल्मले दर्शकको अगाध स्नेह पाउने छ । मैले सुरुवाती दिनहरुमा फिल्महरुमा साहयक निर्देशक भएर अनुवभव बटुलेँ । आज त्यही अनुभव र आफनो शिक्षादिक्षाको आधारमा फिल्म डाइरेक्सन गर्ने भएको छु ।’ उनले यसअघि काम गरेका फिल्महरु हुन्ः– ‘फष्ट फ्रेन्ड फरइभर’, ‘कथा काठमाडौं’ र ‘च्याम्पियन’ । यी तीनै फिल्मले दर्शक दिर्घामा राम्रै प्रभाव छाड्न सफल बन्यो ।
फागुनमा सौरभले निर्देशन गरेको ‘लभ डायरीज’ फिल्म रिलिज हुन नपाउँदै उनलाई अर्को फिल्म समेत हात परिसकेको छ । उनले ‘पर्खि बसेँ २’ मा निर्देशन गर्ने पाउने भएका छन् त्यो पनि आफ्नै कथाकहानीमा । सो फिल्म २०७७ को अन्तिमसम्ममा रिलिज भइसक्ने पनि उनी बताउँछन् । ‘पर्खि बसेँ’ अत्यन्तै लोकप्रिय बनेको र हलहरुमा १०१ भन्दा बढी दिन मनाएको फिल्म समेत हो । सौरभ भन्छन्, ‘ठ्याक्कै त्यही फिल्मको जस्तै कथावस्तु र तिनै कलाकार नभएपनि चलचित्र भने म्युजिकल लभ स्टोरीमा नै आधाररित हुनेछ ।’
नेपाली चलचित्र क्षेत्रले पछिल्लो वर्षहरुमा आफनो उचाइ बढाउँदै लगेको सौरभ ठान्दछन् । यसैबीच उनी भन्छन्, ‘बजेट अनुसार नेपाली फिल्महरु राम्रै बनिरहेका छन् । मेरो फिल्म नगरीमा प्रवेश गर्नुको उद्देश्य बलिउड स्टान्डर्डमा नेपाली फिल्महरुलाई पुर्याउनु हो ।’ उनी नेपाली चलिचित्रहरु नेपाली परिवेश, संस्कार, संस्कृति र भूगोलमा आधारित रहेर बन्ने गरेकोले विदेशी चलचित्रहरुसँग दाँज्न नहुने बताउँछन् ।
सौरभ आफनो आउँदै गरेका फिल्महरुले मानसिक पिडाबाट आक्रान्त भएकाहरुले समेत बदल्न सक्ने र मनोरञ्जन दिने बताउँछन् । फिल्महरु टप क्लास मेकिङ हुनुपर्छ भन्ने सौरभको मान्यता हो । त्यसको लागि उनी कडा भन्दा कडा मेहनत गर्न पछि पर्दैनन् र टप क्लास फिल्म मेकिङ गर्न कुनै कसर बाँकी राख्दैनन् । सौरभ भन्छन्, ‘आफनो हातमा हुने भनेको मेहनत हो । बाँकी त भाग्यको कुरा पनि हो । आज मिहनतकै कारण एउटा फिल्म रिलिज हुँदै गर्दा अर्कोमा साइन गर्न पाएँ ।’ अब सौरभको मेहनतले कस्तो फल पाउने हो र उनको कामले कत्तिको सफलता पाउने हो, त्यो हेर्न भने बाँकि छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies