काठमाडौँ :सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आज बेलुकी बेलुकी ५ बजे हवाई मार्गबाट काठमाडौँ ल्याउन लागेको बताएको छ।
काठमाडौँमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी दिइएको छ । यसैको अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।