२०८१ मंसिर १४ गते शुक्रवार / Nov 29 , 2024 , Friday
२०८१ मंसिर १४ गते शुक्रवार

अन्तःशुल्क भ्रष्टाचार प्रकरण : विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद सजाय

ADV
मध्यान्ह
२०८१ मंसिर १३ गते १७:४५
अन्तःशुल्क भ्रष्टाचार प्रकरण : विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद सजाय

काठमाडौं : अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई समान ८ वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले गत कात्तिक १४ गते गरेको फैसलामा आज (बिहीबार) सजाय निर्धारण गरेको हो ।

विशेष अदालतले निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १० जनालाई सफाइ दिँदा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले तत्कालीन कार्यकारी निर्देशक र निर्देशकको मात्र संलग्नता देखिएको भन्दै अन्य सबैलाई सफाइ दिएको हो ।  

ADVADV

सम्बन्धित खबर

Advertise