२०८१ मंसिर १४ गते शुक्रवार / Nov 29 , 2024 , Friday
२०८१ मंसिर १४ गते शुक्रवार

शिवालयमा ऐतिहासिक ऐरेली मेला : भलिबल प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम हुँदै 

ADV
कुलेन्द्र शाही
२०८१ मंसिर १३ गते २१:१८
शिवालयमा ऐतिहासिक ऐरेली मेला : भलिबल प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम हुँदै 

सुर्खेत : जाजरकोटको शिवालय गाउँपालिकामा परम्पागतरूपमा लाग्दै आएको मेला यस वर्ष पनि लाग्ने भएको छ । शिवालय गाउँपालिकाको आर्थिक सहयोग र शिवालय बजार व्यवस्थापन समितिको आयोजनामा शिवालय गाउँपालिका वडा नम्बर–३ ऐरेली बजारमा मंसिर १७ देखि २० गतेसम्म मेला हुन लागेको हो । मेलामा भलिबल प्रतियोगिता र विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

मेलाको मुख्य आकर्षणको रुपमा अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता राखिएको बजार व्यवस्थापन समितिका अध्यक्ष गीता बुढाले जानकारी दिइन् । भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ भने द्वितीय पुरस्कारमा ६० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ । यस्तै तृतीय पुरस्कारका रुपमा ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र दिइने अध्यक्ष बुढाको भनाइ छ  ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि टिम दर्ता शुल्क ५ हजार तोकिएको छ । खेलाडीहरूलाई अनिवार्य खेल पोशाकमा हुनु पर्नेछ र उनीहरूले एउटै पालिकामा स्थायी बसोबास गरेको प्रमाणित गर्नुपर्नेछ । टिम दर्ताका लागि नागरिकता र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि अनिवार्य राखिएको छ । 

टिम दर्ता मंसिर १७ गते बिहान ८ बजेसम्म गरिन सकिने छ भने प्रतियोगिता मंसिर १७ गते बिहान ११ बजेदेखि संचालन हुनेछ । मेलामा सांस्कृतिक झाँकी, पञ्चेबाजा, पैसेरी, मंयुरनाच, सिङगारु र टप्पा नाच जस्ता विविध सांस्कृतिक कार्यक्रम पनि हुने बताइएको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise