काठमाडौं : सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो ।
भ्रमणमा निजी क्षेत्रको ठूलो उपस्थिति रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिए । निजी क्षेत्र, सांसदहरु र परराष्ट्रमन्त्री मात्रै हुने र अन्य विज्ञहरु मात्रै रहेको बताए । प्रधानमन्त्रीको भ्रमण टोलीमा ८७ जना सदस्य रहने छन् ।
प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डाबारे भने थप छलफल जारी रहेको उनले बताए ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको एजेन्डाका बारेमा मन्त्रिपरिषद्को अर्को बैठकले टुङ्गो लगाउने उनको भनाइ थियो ।