२०८१ मंसिर १४ गते शुक्रवार / Nov 29 , 2024 , Friday
२०८१ मंसिर १४ गते शुक्रवार

वर्ल्डलिंकमा फिनफण्डको १ करोड युरो लगानी

ADV
मध्यान्ह
२०८१ मंसिर १३ गते २१:४५
वर्ल्डलिंकमा फिनफण्डको १ करोड युरो लगानी

काठमाडौं : वर्ल्डलिंक कम्युनिकेसन्समा फिनल्याण्डको सरकारी फण्डिङ कम्पनी फिनफण्डले एक करोड युरो लगानी गरेको छ । फिनफण्डको लगानी फाइबर नेटवर्क विस्तार गर्न प्रयोग गरिने वल्डलिंकले जनाएको हो । बिहीबार आयोजित कार्यक्रममा फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल र फिनफण्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । 

नेपालमा झन्डै आधा जनसंख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट वञ्चित भएको र शहरी र ग्रामीण क्षेत्रहरूमा उल्लेखनीय असमानता रहेकाले विश्वस्तरीय डाटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा पु¥याउने कम्पनीले जनाएको छ । फिनिश प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिंकको सहकार्यले वर्ल्डलिंकका ग्राहकहरूका लागि समग्र इन्टरनेट अनुभवलाई अझ भरपर्दो, तीव्र गतिको र थप विश्वसनीय बनाउने लक्ष्य राखेको छ ।

डाटा सेन्टर क्षेत्रमा वर्ल्डलिंकको विस्तारले वल्डलिंकका ग्राहकहरूलाई मात्र नभई अन्य इन्टरनेट सेवा प्रदायकहरू, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थाहरूलाई पनि फाइदा पुग्ने कम्पनीले जनाएको छ  । ‘फिनफण्डको लगानी नेपालको हरेक कुनालाई तिव्र, भरपर्दो र किफायती इन्टरनेट नेटवर्कमा जोड्ने हाम्रो लक्ष्यमा एउटा महत्वपूर्ण कोसेढुंगा साबित हुनेछ’, वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले भने, ‘हाम्रो फाइबर नेटवर्क विस्तार गरेर तथा विश्वस्तरीय डाटा सेन्टर स्थापना गरेर, हामीले शहर र ग्रामीण भेग बीचमा देखिएको डिजिटल विभेदलाई हटाउने र देशभर डिजिटल रूपान्तरणलाई गति दिने लक्ष्य राखेका छौं ।’

ADVADV

सम्बन्धित खबर

Advertise