२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

टी-२० विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टिम

ADV
मध्यान्ह
२०८१ असार ६ गते १२:५८
टी-२० विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टिम

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेलेर नेपाली क्रिकेट टिम आज स्वदेश फर्किएको छ ।

अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले समूह चरणका चार खेल खेलेको थियो । जसमा नेपाल तीन खेलमा पराजित भयो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । नेपाल जितविहीन हुँदै सुपर-८ मा पुग्न असफल भएको थियो ।

क्रिकेट टिम दुई वटा समूह बनाएर नेपाल फर्किएको हो । एउटा समूह राति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो भने अर्को समूह बिहीबार बिहान १० बजे अवतरण गरेको हो ।

स्वदेश फर्किएको नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

नेपाली क्रिकेट टिम काठमाडौं आएपनि क्रिकेटर सन्दीप लामिछाने भने आएका छैनन् । अमेरिकाले भिसा नदिएपछि उनी वेस्ट इन्डिजमा भएका समूह चरणका खेलका लागि क्यानडा हुँदै वेस्ट इन्डिज पुगेका थिए ।

सन्दीप फर्किँदा पनि त्यही बाटो भएर आउने भएका छन् । सन्दीपको प्रक्रिया फरक भएकाले उनी सिंगो टिमसँग काठमाडौं नआइपुगेको जनाइएको छ । सन्दीप शनिबार क्यानडाको रुटबाट काठमाडौं आइपुग्ने बताइएको छ । 

विश्वकप क्रिकेटमा नेपाल समूह 'डी' मा परेको थियो । नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंक र नेदरल्याण्ड्स रहेका थिए । नेपालले अमेरिकामा दुई खेल र वेस्ट इन्डिजमा दुई खेल खेलको थियो । अमेरिकामा भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

त्यस्तै श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । वेस्ट इन्डिजमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनले पराजित हुँदा बंगलादेशसँग २१ रनले पराजित भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise