२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता

shivam cement
२०८१ मंसिर १४ गते २१:०४
Shares
नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता

काठमाडौं : नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले काठमाडौंको डिल्लीबजारको सिद्धि पोलीप्याथको सेवामा छुट पाउने भएका छन् । नेपाल बैंक र ल्याबबीच भएको सम्झौताबमोजिम बैंकका ग्राहक र कर्मचारीहरूले ल्याबबाट पाउने सेवाहरूमा लाग्ने शुल्कमा विशेष छुट प्राप्त गर्ने भएका हुन् ।

बैंक र ल्याबबीच गत मंसिर १२ गते भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू एवं ग्राहकहरूलाई सिद्धि पोली प्याथ ल्याबद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

उक्त सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याबको तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरेका थिए ।

सम्बन्धित खबर